समाचार
भुजेल समुदायमा अभिमुखिकरण कार्यक्रम आज बाट सुरु
देवघाट गाउँपालिका वडा नम्बर ५ साउने गाउँमा रहेको भुजेल वस्तीमा सहयोगी सस्था नेपाल शाखा कार्यालय तनहुँको अयोजक तथा देवघाट गाउँपालिकाको समन्वयमा
गरिबी निवारणको लागि लघु उद्यम बिकास गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख अतिथिमा शुभारम्भ भएको छ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सम्पुर्ण जनसमुदायलाई सिपमुलक तालीम अवधिभर निरन्तर सहभागी भइ व्यवसायीक रूपमा अगाडी बढ्न आग्रह गर्नु भएको थियो।उहाले कृषि र पशुपालन व्यवसाय सम्भावना क्षेत्र रहेको हुनाले
कृषि र पशु व्यवसायीमा लाग्न जोड समेत गर्नु भएको थियो ।
अभिमुखिकरण कार्यक्रमलाई भने सहयोगी निकाय प्रदेश सरकार,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय,उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय,घरेलु तथा साना उद्योग कार्यालय गण्डकी प्रदेश तनहुँको सहकार्य रहेको थियो छ।
असार मसान्तसम्म सञ्चालन हुने कार्यक्रममा समाजिक परिचालन,उद्योमशिलता, सीप बिकास,लघु कर्जा,उपयुक्त प्रविधि र बजारीकरण सम्बन्धि बिषयमा रहेर कार्यक्रम सञ्चालन रहने कार्यक्रम संयोजक रमेश कुमार घिमिरेले बताउनु भएको थियो।
सो कार्यक्रममा अतिथिको रुपमा जलदेवी टोलबिकास सस्थाका अध्यक्ष भरिमाया गुरुङ समाजसेवी गणेश गुरुङ र समाजसेवी सोम भुजेल लगाएको सहभागीता रहेको थियो।
कार्यक्रम भने देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



