समाचार
देवघाट गाउँपालिकाको आयोजनामा आज मिति २०७७/११/०३ गतेका दिन देवघाट गाउँपालिकाको सिटी हल क्यूदीमा देवघाट गाउँपालिकाका प्रवक्त्रा एवम् वडा नं.५ का वडाध्यक्ष श्री याल बहादुर गुरुङ्गको अध्यक्षता तथा भूमी सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य श्री एक बहा
देवघाट गाउँपालिकाको आयोजनामा आज मिति २०७७/११/०३ गतेका दिन देवघाट गाउँपालिकाको सिटी हल क्यूदीमा देवघाट गाउँपालिकाका प्रवक्त्रा एवम् वडा नं.५ का वडाध्यक्ष श्री याल बहादुर गुरुङ्गको अध्यक्षता तथा भूमी सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य श्री एक बहादुर रानाको प्रमुख आतिथ्यतामा भूमी सम्बन्धी समस्या समाधान सम्बन्धमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । सो अवसरमा भूमी सम्बन्धी समस्या समाधान आयोगका जिल्ला सदस्य दीर्घ बहादुर दरई, ने.क.पा. जिल्ला सदस्य वावुराम अधिकारी, ने.क.पा. गाउँकमिटिका अध्यक्ष भुवन सिं गुरुङ्ग, सचिव केशव चन्द्र न्यौपाने र ने.का. गाउँ कार्य समितिका पूर्व सभापति वावुराम पौडेल लगाएतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।